पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं, ११ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। उनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले शुक्रबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ई–बिडिङ प्रणालीमा हस्तक्षेप गरी आफू अनुकूल ठेक्का मिलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पाण्डे राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्ष हुन्।

उनी २०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि पनि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०७५ सालमा सिक्टा सिंचाइ आयोजना मा गुणस्तरहीन कामसम्बन्धी मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनले चार करोड रुपैयाँ धरौटी बुझाएर रिहा पाएका थिए।

Facebook Comments Box