सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, जबरजस्ती उठिबास रोक्न माग

काठमाडौं, ११ वैशाख – सुकुम्बासी बस्तीबाट जबरजस्ती उठिबास गराउन लागिएको भन्दै सर्वोच्च अदालत मा रिट निवेदन दायर गरिएको छ।थापाथलीस्थित सुकुम्बासी बस्तीका गोपाल रन पहेलीसहितले शुक्रबार रिट निवेदन पेश गर्दै उक्त कार्यमा रोक लगाउन माग गरेका हुन्।

यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौँकाठमाडौँ महानगरपालिका ले नदी किनारका सुकुम्बासी बस्ती शुक्रबार बेलुका ७ बजेसम्म खाली गर्न सूचना जारी गरेका थिए।

तर निवेदकहरूले भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण तथा वैकल्पिक व्यवस्था नगरी कुनै पनि सुकुम्बासीलाई हटाउन नपाइने माग गरेका छन्।

रिट निवेदनमा भनिएको छ, “देशभरका सुकुम्बासी बस्तीका भूमिहीन परिवारको पहिचान र वैकल्पिक व्यवस्था नगरी जबर्जस्ती हटाउने, विस्थापित गर्ने वा सुरक्षा निकाय प्रयोग गरी बल प्रयोग नगर्न अन्तरिम आदेश जारी गरिपाऊँ।”

निवेदन शुक्रबार नै दर्ता गरी सोही दिन सुनुवाइ गर्न माग गरिएको भए पनि हालसम्म दर्ता प्रक्रिया पूरा नभएकाले सोमबार पहिलो सुनुवाइ हुने सम्भावना कम रहेको जनाइएको छ।

Facebook Comments Box