सरकारी कर्मचारीलाई १५/१५ दिनमा तलब दिने तयारी

काठमाडौं, ६ वैशाख – सरकारले राष्ट्रसेवक कर्मचारीलाई अब प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी थालेको छ। अर्थ मन्त्रालय ले मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालय लाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल का अनुसार मन्त्रालयबाट परिपत्र आइसकेको छ र निर्णय चाँडै कार्यान्वयन हुने तयारीमा छ। सरकारको उद्देश्य कर्मचारीको हातमा समयमै पैसा पुगोस र अर्थतन्त्र चलायमान बनोस् भन्ने रहेको बताइएको छ।

हाल कर्मचारीले मासिक रूपमा तलबभत्ता पाउँदै आएका छन्। तर अब १५ दिनमै भुक्तानी गर्ने व्यवस्था लागू गर्न संघीय निजामती सेवा ऐन मा संशोधन आवश्यक पर्नेछ। अर्थ मन्त्रालयका अनुसार नयाँ ऐनमार्फत यस्तो व्यवस्था समावेश गर्ने तयारी भइरहेको छ। ऐन पारित भएपछि यो प्रणाली कार्यान्वयनमा ल्याइनेछ। यो कदम लागू भएमा कर्मचारीको खर्च व्यवस्थापन सहज हुने र बजारमा नगद प्रवाह बढ्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box