तेह्रथुममा भीषण आगलागी, १४ घर जलेर नष्ट
काठमाडौं, १२ फागुन – तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई-६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो । आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
उनका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।
Facebook Comments Box

