एमालेले स्थापना दिवस रचनात्मक कार्यक्रमसहित मनाउने
काठमाडौं, ४ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी स्थापना दिवस रचनात्मक कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ। महासचिव शंकर पोखरेल को अध्यक्षतामा च्यासल स्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले वैशाख ९ गते सबै जिल्ला कमिटीहरूले अनिवार्य रूपमा आ–आफ्ना जिल्लामा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। उपत्यकामा भने सोही दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारी का अनुसार यसअघि तय गरिएका केही कार्यक्रम पनि संशोधन गरिएको छ। यसैबीच बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली को गिरफ्तारीसँग सम्बन्धित वैशाख ७ र १२ गतेका लागि तय कार्यक्रम स्थगित गर्ने निर्णय समेत गरेको छ।

