सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
सुनसरी, ४ वैशाख – सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका उपरीक्षक श्याम कार्की ले खागसहित चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार झापाबाट गैँडाको खाग ल्याउँदै गरेको सूचनाका आधारमा बर्जु–६ ताल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको साथबाट एउटा गैँडाको खाग र दुई वटा मोटरसाइकल बरामद गरिएको छ। घटनामा संलग्न सञ्जाल ठूलो रहेको आशंकामा अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरी बल नेपाल ले जनाएको छ।
Facebook Comments Box

