विदेशी मुद्रा सञ्चिति ३४ खर्ब नाघ्यो, २१ महिनाभन्दा बढी आयात धान्न पर्याप्त
काठमाडौँ, १९ चैत – मुलुकको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय अवस्थाअनुसार फागुन मसान्तसम्मको सञ्चिति हालकै आयातका आधारमा २१.४ महिनाको वस्तु आयात तथा १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा विदेशी मुद्रा सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको छ। गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर सञ्चिति रहेको थियो।
अमेरिकी डलरमा हालको सञ्चिति २३ अर्ब ८ करोड डलर पुगेको छ, जुन आठ महिनामा १८.३ प्रतिशतले वृद्धि भएको हो। राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा को हिस्सा २१ प्रतिशत रहेको छ।
Facebook Comments Box

