आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १७ चैत – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । हाल लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश का पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशमधेस प्रदेश सहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल रहनेछ । कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा अन्य भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेश का हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेघगर्जन, चट्याङ र हुरीबतासको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Facebook Comments Box