प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

काठमाडौँ, १६ चैत – प्रधानमन्त्री वालेन्द्र शाह ले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्नुभएको छ। आज सिंहदरबार मा आयोजित छलफलमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरू सहभागी भएका थिए।

छलफलमा सम्बन्धित क्षेत्रका समस्या, प्राथमिकता र सम्भावित समाधानका विषयमा कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अशोककुमार चौधरी ले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले क्षेत्रगत समस्याबारे ‘ब्रिफिङ’ लिँदै तत्काल गर्नुपर्ने कामका विषयमा पनि जानकारी लिनुभएको थियो।

सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या प्रस्तुत गरेका थिए। सांसद चौधरीले विशेषगरी ट्रेड युनियनहरूले उठाउँदै आएको लेबी शुल्कको विषय उल्लेख गर्दै श्रम ऐन २०७४ को दफा ३८(ज) संशोधन गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बताउनुभयो।

Facebook Comments Box