एमाले अध्यक्ष ओली पक्राउ

भक्तपुर, १४ चैत – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान प्रहरीले उहाँकै निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरबाट ओलीलाई नियन्त्रणमा लिइएको हो।

जेनजी आन्दोलनको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा रहेको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली बिहान करिब ५ बजे गुण्डु पुगेको थियो। पक्राउपछि ओलीलाई काठमाडौँ लगिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box