कांग्रेसको १५औँ महाधिवेशन भदौ २४–२६ मा गर्ने प्रस्ताव
पाटन, १० चैत – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुभएको छ।
ललितपुरस्थित सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले चैत २१ गतेदेखि सुरु हुने महाधिवेशन तयारी कार्यतालिका पनि प्रस्तुत गर्नुभएको हो।
प्रस्तावित कार्यतालिकाअनुसार:
- चैत २१ गतेदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यता अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने
- २०८३ वैशाख १ गतेदेखि मसान्तसम्म ६,७४३ वटै वडाबाट सदस्यता वितरण र अद्यावधिक गर्ने
- जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने
- असार १५ गतेसम्म सदस्यताको छानबिन टुंग्याउने
- असार मसान्तसम्म अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने
त्यसैगरी अधिवेशन तालिका:
- साउन ६ गते: गाउँ/नगर अधिवेशन
- साउन १२ गते: गाउँ/नगर अधिवेशन (अर्को चरण)
- साउन २३ गते: प्रदेशसभा क्षेत्रीय अधिवेशन
- साउन ३० गते: प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
- भदौ ६–७ गते: जिल्ला अधिवेशन
- भदौ १५–१६ गते: प्रदेश अधिवेशन
- भदौ २४–२६ गते: केन्द्रीय महाधिवेशन
सभापति थापाले प्रस्तुत गरेको यो कार्ययोजना केन्द्रीय समितिमा छलफलका लागि पेस गरिएको हो।
Facebook Comments Box

