खोटाङमा हेलिकोप्टर दुर्घटना, घाइतेको उद्धार

काठमाडौँ, ४ चैत – एयर डाइनेष्टी को हेलिकोप्टर खोटाङमा दुर्घटनामा परेको छ भने घाइतेहरूको उद्धार गरिएको छ। नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार

काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालबेसीमा अवतरण गर्ने क्रममा बिहान करिब ११:५५ बजे असन्तुलित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा पाइलटसहित छ जना सामान्य घाइते भएका छन्। उनीहरूलाई काठमाडौँबाट गएको अर्को हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि ल्याइएको जनाइएको छ।

Facebook Comments Box