झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

झापा, ३० फागुन – पत्रकारमाथि अभद्र व्यवहार गरेको आरोपमा युवराज पाठक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा का प्रवक्ता खगेन्द्रबहादुर खड्का का अनुसार कमल गाउँपालिका–६ का ४५ वर्षीय पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्य माथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए।

उक्त घटनापछि इलाका प्रहरी कार्यालय दमकइलाका प्रहरी कार्यालय झिलझिले को संयुक्त टोलीले पाठकलाई शिवसताक्षी नगरपालिका–४ बाट आज बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाठकलाई हाल जिल्ला प्रहरी कार्यालय झापा मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box