बाफलमा स्कुटर दुर्घटना : एक महिलाको मृत्यु
काठमाडौं, २५ फागुन – बाफल मा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१३ स्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियार को मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर मा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टरमै उपचार भइरहेको छ भने मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पताल मा उपचार भइरहेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्ष ले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
Facebook Comments Box

