समानुपातिक मतगणना जारी, रास्वपा अग्रस्थानमा

काठमाडौँ, २३ फागुन – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल ३५ हजार छ मत गणना भइसकेको छ।

दिउँसो १ः१५ बजेसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ। उक्त पार्टीले १९ हजार पाँच सय ८२ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले छ हजार नौ सय ३७ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ५८ मत प्राप्त गरेको छ। नेकपा (एमाले)ले दुई हजार छ सय ७२ मत प्राप्त गरेको आयोगले जनाएको छ।

यसैगरी श्रम संस्कृति पार्टीले आठ सय ६७, नेपाली कम्युनिस्ट पार्टीले आठ सय ४५ तथा राष्ट्रिय परिवर्तन पार्टीले चार सय ५३ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार देशका विभिन्न स्थानबाट मतपेटिका आउने क्रम जारी रहेकाले मतगणना पनि क्रमशः अघि बढिरहेको छ।

Facebook Comments Box