ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो

ललितपुर, २१ फागुन  – आज सम्पन्न निर्वाचनमा ६८ दशमलव ३३ प्रतिशत मत खसेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले अद्यावधिक गरेको तथ्याङ्कअनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा रहेका दुई लाख ६९ हजार २५५ मतदातामध्ये एक लाख ८३ हजार ९९८ जनाले मतदान गरेका छन्।

सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार कुल मतदाताको आधारमा मतदान प्रतिशत ६८.३३ रहेको छ। ललितपुर क्षेत्र नं १ मा कुल ७७ हजार ७३७ मतदाता रहेकामा २६ हजार ८९१ पुरुष र २५ हजार ७४१ महिला गरी ५२ हजार ६३२ जनाले मतदान गरेका छन्।

त्यसैगरी, क्षेत्र नं २ मा ८९ हजार ८२ मतदातामध्ये ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ जनाले मतदान गरेका छन्।क्षेत्र नं ३ मा एक लाख दुई हजार ४३६ मतदातामध्ये ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुष गरी कुल ६९ हजार ३९१ जनाले मतदान गरेका छन्।

यसअघि निर्वाचन आयोगले ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा १३१ मतदान स्थलअन्तर्गत ३१८ मतदान केन्द्रमार्फत मतदानको व्यवस्था मिलाएको थियो।

Facebook Comments Box