धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु, २८ घाइते
काठमाडौँ, ११ फागुन – पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । सोमबार बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो । मृतक तथा घाइतेको सनाखत प्रक्रिया जारी रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार तथा खोजी कार्य जारी छ ।
उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको नेतृत्वमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको जनाइएको छ ।
यी हुन् २८ जना घाइते


