बुढानीलकण्ठको चुनीखेलमा आगलागी, तीन घण्टापछि नियन्त्रण

काठमाडौँ, २१ माघ – बुढानीलकण्ठ नगरपालिका–३ चुनीखेलमा गएराति भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ। राति करिब ११ बजे सुरु भएको आगो सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा लिइएको हो।

आगलागी बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा लागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट सात जनाको सकुशल उद्धार गरिएको छ भने मानवीय क्षति नभएको जनाइएको छ। आगलागीको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box