आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २५ मङ्सिर – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १४३.६५ र बिक्रीदर रु १४४.२५ निर्धारण गरिएको छ। युरोपेली युरो एकको खरिददर रु १६७.१४, बिक्रीदर रु १६७.८४ तथा युके पाउन्ड एकको खरिददर रु १९१.२० र बिक्रीदर रु १९२ कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर रु १७८.४४ र बिक्रीदर रु १७९.१८ तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर रु ९५.४६ र बिक्रीदर रु ९५.८५, क्यानेडियन डलर एकको खरिददर रु १०३.७१ र बिक्रीदर रु १०४.१५, सिङ्गापुर डलर एकको खरिददर रु ११०.८२ र बिक्रीदर रु १११.२८ निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर रु ९.१७ र बिक्रीदर रु ९.२०, चिनियाँ युआन एकको खरिददर रु २०.३४ र बिक्रीदर रु २०.४२ तोकिएको छ। साउदी रियाल एकको खरिददर रु ३८.२८ र बिक्रीदर रु ३८.४४ छ। कतारी रियाल एकको खरिददर रु ३९.४२ र बिक्रीदर रु ३९.५८ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर रु ४.५१ र बिक्रीदर रु ४.५३, युएई दिराम एकको खरिददर रु ३९.११ र बिक्रीदर रु ३९.२७, मलेसियन रिङ्गेट एकको खरिददर रु ३४.८८ र बिक्रीदर रु ३५.०३ भएको छ। साउथ कोरियन वन १०० को खरिददर रु ९.७७ र बिक्रीदर रु ९.८२ तोकिएको छ। स्विडिस क्रोनर एकको खरिददर रु १५.३९ र बिक्रीदर रु १५.४५, डेनिस क्रोनर एकको खरिददर रु २२.३८ र बिक्रीदर रु २२.४७ कायम गरिएको छ।
हङकङ डलर एकको खरिददर रु १८.४६, बिक्रीदर रु १८.५४ तोकिएको छ। कुवेती दिनार एकको खरिददर रु ४६७.७६, बिक्रीदर रु ४६९.७२ रहेको छ। बहराइन दिनार एकको खरिददर रु ३८१.०६ र बिक्रीदर रु ३८२.६५, ओमानी रियाल एकको खरिददर रु ३७३.१३ र बिक्रीदर रु ३७४.६९ निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ तोकिएको छ। राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दरमा संशोधन गर्न सकिने उल्लेख गर्दै वाणिज्य बैंकका दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक दर भने केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने बैंकले जनाएको छ।

