एनपिएल : आज दुई खेल, सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा आमनेसामने

काठमाडौँ, २० मङ्सिर – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ११:१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स बीच हुनेछ भने दोस्रो खेल दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स बीच निर्धारित छ।

पहिले नै छ खेलमा लगातार जीत हात पार्दै १२ अंक बनाउँदै पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम आज दबाबमुक्त हुनेछ। तर विराटनगर किङ्ग्स लाई भने क्वालिफायर–१ को टिकट पक्का गर्न जित आवश्यक छ। विराटनगरले राम्रो रनरेटसहित जित्न सके सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा प्रवेश गर्नेछ, अन्यथा उसले लुम्बिनी लायन्स सँग इलिमिनेटर खेलेर प्रतिस्पर्धा अघि बढाउनु पर्नेछ।

यस परिदृश्यमा पहिलो क्वालिफायर सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाज बीच हुने सम्भावना बलियो छ। दिउँसोको खेल भने चितवन र पोखरा का लागि केवल ‘प्रतिष्ठाको लडाइँ’ मात्र हुनेछ। दुवै टोली प्लेअफ दौडबाट बाहिरिइसकेका छन् र उनीहरूको खातामा छ खेलबाट चार–चार अंक मात्र छ।

Facebook Comments Box