आज पनि देशभर पानि पर्ने
काठमाडौं, ३ असार – आज पनि देशभर पानि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले देशभर बदली छ । दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ का एक-दुई भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोली पनि देशका अधिकांश स्थानमा पानी पर्ने छ । सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुनेछ । भोली पनि बदली रहनेछ, भने देशका धेरे स्थानमा पानी पर्नेछ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । मनसुन देशभर सक्रिय रहेकाले तत्काल सुधार नहुने मौसमविदहरुले बताएका छन् ।
२८ जेठमा भित्रिएको मनसुनका कारण देशभर वर्षा हुँदा डेढ दर्जन बढी जिल्लामा बाढीपहिरोबाट ६ जनाको ज्यान गइसकेको छ ।

