काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिद्वारा नगर परिषद् बहिष्कार

काठमाडौं, ३ असार – काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगर परिषद्मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १४ जना जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।

बोर्ड बैठक नै नबसी नगर परिषद् जान लागेपछि बाध्य भएर बहिष्कार गर्नुपरेको काठमाडौं महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गीले बताउनुभयो । देशमा महामारी चलिरहेका बेला विकासमा भन्दा जनतालाई बचाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नगर परिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडाअध्यक्षसमेत छन् । नगर परिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ ।

Facebook Comments Box