नयाँ दल दर्ता गर्न समय आज सकिँदै

काठमाडौँ, ३० कात्तिक – नयाँ राजनीतिक दल दर्ता गर्ने अन्तिम समय आज सकिँदैछ। फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्म समय तोकेको थियो।

आजको म्याद सकिएसँगै नयाँ दल दर्ता गर्ने प्रक्रिया समाप्त हुने छ। आयोगमा पहिलेदेखि दर्ता भइसकेका दलहरूले भने आगामी निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ताको अन्तिम म्याद मंसिर १० सम्म तोकिएको छ भने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

Facebook Comments Box