काठमाडौँ उपत्यकामा ४९९ जना सहित देशभर थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४९९ जना सहित देशभर थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ६८६ आरटी पीसीआर तथा ४ हजार ३३५ एन्टीजेन परिक्षण सहित १३ हजार २२ जनाको परिक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४३३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ५५८ रहेको छ

