बैतडीमा जीप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
बैतडी, १३ कात्तिक – जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप गए राति मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा केहीबेरअघि मृत्यु भएको हो।अन्य चार घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
Facebook Comments Box

