काठमाडौँ उपत्यकामा ५४५ जना सहित देशभर थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४५ जना सहित देशभर थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ४४९ आरटी पीसीआर तथा ५ हजार ८४१ एन्टीजेन परिक्षण सहित १३ हजार २९० जनाको परिक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ३४ हजार ६०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ४० हजार ५४९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ५०६ रहेको छ

Facebook Comments Box