दसैँ बाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने
काठमाडौँ, ९ असोज – अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा विजयादशमी (असोज १६) बाहेक अन्य दिन पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ। विभागका अनुसार, बिदाको समयमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सेवा उपलब्ध हुनेछ।
अध्यागमन अधिकृत शिवकुमार अधिकारीले सूचना जारी गर्दै, मुख्य सार्वजनिक बिदा बाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका छन्।
Facebook Comments Box

