नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा

काठमाडौँ, ७ असोज – आश्विन शुक्ल द्वितीयाका अवसरमा आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको विशेष पूजा–आराधना भइरहेको छ। पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजा कोठा वा दसैँ घरमा ब्रह्मचारिणीलाई आह्वान गरी दुर्गा सप्तशती, देवीभागवत र अन्य स्तोत्र पाठसहित पूजा गर्ने प्रचलन छ।

धार्मिक विश्वासअनुसार यस दिनको पूजाले शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुने मानिन्छ। सनातन परम्पराअनुसार ब्रह्मचारिणी देवीलाई कमल, अक्षमाला र कमण्डलु सहित पूजिन्छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्दै गएको छ।

Facebook Comments Box