आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, ५ असोज । हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक असर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। यी प्रदेशका पहाडी भूभागका केही स्थान, अन्य प्रदेशका पहाडी भागका केही स्थान र बाँकी तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने र अन्यत्र आंशिक बदली हुने महाशाखाले जनाएको छ। यस अवधिमा यी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका अन्य भूभागका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्नेछ।

महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, साना–ठूला नदी–नालामा पानीको सतह वृद्धि हुने तथा यातायातमा अवरोध आउन सक्ने भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।

Facebook Comments Box