पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन, १ असोज – मङ्गलबार राति खसेका पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरिएकामा बिहान ९ः१० बजे सडक सुचारु गरिएको हो। तीनवटा एक्साभेटर प्रयोग गरेर पहिरो हटाइएको थियो। सडक खुल्ला भएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएका छन्।
Facebook Comments Box

