ललितपुरमा विस्थापित प्रहरी एकाइ पुनःस्थापना

ललितपुर, २६ भदौ  – ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी एकाइहरू बुधबारदेखि पुनःस्थापना गरिएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ।

पुनःसञ्चालनमा ल्याइएका एकाइमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, लुभु, मङ्गलबजार, सानेपा, लगनखेल, पुल्चोक, लाकुरीभञ्ज्याङ, हनुमानस्थान र पाटनढोका रहेका छन्।

सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। साथै, टोलमा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी दिन अनुरोध गरिएको छ।

Facebook Comments Box