निषेधाज्ञाबीच उपत्यकामा बैंक आंशिक रुपमा सञ्चालन

काठमाडौं, २५ भदौ — जेनजी आन्दोलनका कारण केही दिनदेखि बन्द रहेका बैंकहरू बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन्।

आन्दोलनका क्रममा केही बैंकमा आगजनी र लुटपाट भए पनि नगन्य क्षति मात्र भएको बैंकर्स संघले जनाएको छ। संघले बिहीबारदेखि चार घण्टा (बिहान १० देखि दिउँसो २ बजेसम्म) मात्र बैंक सञ्चालन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार अधिकतम तीनवटा शाखा सञ्चालन गर्न पाउने प्रावधान बनाइएपछि अहिले उपत्यकामा वाणिज्य बैंकहरूले आफ्ना शाखाबाट सेवा दिन थालेका छन्। विकास बैंक र अन्य वित्तीय संस्थाहरूले पनि आंशिक सेवा पुनः सुरु गरेका छन्।

Facebook Comments Box