फरेस्ट्री क्याम्पसका विद्यार्थीको राजनीतिक संगठन त्याग घोषणा

हेटौँडा – सोमबार जेनजी आन्दोलनमा भएको सरकारी दमनमा १९ युवाको मृत्यु भएपछि हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस) का विद्यार्थीहरूले राजनीतिक संगठन परित्याग गर्ने घोषणा गरेका छन्।

विद्यार्थीहरूले सोमबार राति कलेजमा टाँगिएका विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका ब्यानर र साइनबोर्ड हटाएर फालिदिएका हुन्। उनीहरूले अब कुनै पनि दलसँग आवद्ध विद्यार्थी संगठनमा नरहने घोषणा गरेका छन्।

जेनजी आन्दोलनमा सरकारले गोली चलाएर युवाको ज्यान लिएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए। सो आक्रोशकै बीच उनीहरूले राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाउँदै संगठन छोडेको घोषणा गरेका हुन्।

Facebook Comments Box