विराटनगरमा जेनजीको यातायात बन्द आह्वान

विराटनगर, २४ भदौ – सुशासन र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सोमबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको विरोधमा जेनजी पुस्ताले विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन्।

आज दिउँसो ११ बजेदेखि लागू हुनेगरी बन्दको आह्वान गरिएको आन्दोलनरत पक्षले जनाएको छ। उनीहरूले, “बिहान ११ बजेसम्म आफ्नो काम सक्नुहोस्, त्यसपछि यातायात बन्द हुनेछ,” भन्ने चेतावनी दिएका छन्।

स्थानीय प्रशासनका अनुसार मोरङको अवस्था सामान्य छ भने सुनसरीको इटहरीमा भने सोमबारको घटनापछि जारी अनिश्चितकालीन कर्फ्यु यथावत छ। सोमबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो।

Facebook Comments Box