शेखर कोइरालाले आफ्ना पक्षीय मन्त्रीलाई राजीनामा दिन आग्रह

काठमाडौँ, २४ भदौ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका छन्।

चीन भ्रमणमा रहेका कोइराला आजै साँझ नेपाल फर्कन लागेका छन्। फर्किने क्रममा उनले वर्तमान सरकारको औचित्य समाप्त भएको भन्दै आफ्नो पक्षीय मन्त्रीहरूलाई पदत्याग गर्न निर्देशन दिएका हुन्।

कोइराला पक्षबाट वर्तमान मन्त्रिपरिषद्मा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र खेलकुद मन्त्री तेजुलाल चौधरी रहेका छन्। साथै, कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिने तयारी गरेको एक नेताले जानकारी दिएका छन्।

Facebook Comments Box