धुलिखेल मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ
काठमाडौँ, १८ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार, काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
भण्डारीलाई मालपोत कार्यालय परिसरमै पक्राउ गरिएको आयोगले जनाएको छ । उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ । प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box

