काठमाडौँमा तीन करोड रुपैयाँ र सुनसहित एक जना पक्राउ
काठमाडौँ, १७ भदौ – काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङ क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नगद र सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार छापामारी क्रममा करिब तीन करोड रुपैयाँभन्दा बढी नगद र ठूलो परिमाणमा सुनका गहना बरामद गरिएको छ । “रकमको यकिन संख्याका लागि मेसिन मगाई गन्ने काम भइरहेको छ,” प्रहरी उपरीक्षक बोहराले बताउनुभयो ।
उक्त कारबाही उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा सञ्चालन गरेको हो ।
Facebook Comments Box

