क्रान्तिकारी माओवादी र बहुमत पार्टी बीच एकता हुने
काठमाडौँ, २३ चैत – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता हुने भएको छ। भोलि (चैत २४ गते) दुई पार्टीबीच इच्छुक प्रतिस्ठान घट्टेकुलोमा पार्टी एकीकरण हुने क्राान्तिकारी माओवादीका एक नेताले बताए।
माओवादीका यी दुई घटकसहित चारवटा वामपन्थी पार्टीले केही समययता संयोजन समिति बनाएर संयुक्त गतिविधि गर्दै आएका छन्। बास्तोला नेतृत्वको नेकपा बहुमत कही समयअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट अलग भएको हो।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बाट वैद्य अलग हुँदा उनीलाई विप्लव र बास्तोला पनि साथ दिएका थिए। पछि विप्लव पनि वैद्यबाट अलग भएका हुन्।
Facebook Comments Box

