सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो
काठमाडौँ, १६ भदौ – नेपाली बजारमा सुनको मूल्य दिनानुदिन नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु २,०३,६०० मा कारोबार भएको सुन सोमबार तोलामा रु १,७०० ले बढ्दै हालसम्मकै उच्च मूल्य रु २,०५,३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यससँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु २,४२५ मा कारोबार भएको चाँदी सोमबार प्रतितोला रु २,४७० मा पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस करिब अमेरिकी डलर ३,४८० मा कारोबार भइरहेको छ ।
सुनको लगातार बढ्दो मूल्यले लगानीकर्तामाझ चासो बढाइरहेको छ भने साधारण उपभोक्ताका लागि भने भार पर्न थालेको व्यवसायीहरूको भनाइ छ ।
Facebook Comments Box

