प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
चीन, १६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिनमा जारी शाङ्घाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको उक्त सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले क्रमशः आफ्नो विचार प्रस्तुत गरिरहेका छन् ।
प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गतेदेखि पाँचदिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएको हो । भ्रमणका क्रममा उहाँले सहभागी राष्ट्रका शीर्ष नेतासँग दुईपक्षीय भेटवार्ता जारी राख्नुभएको छ । आजै प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

