राष्ट्रियसभाको बैठक आज बस्ने

काठमाडौँ, १६ भदौ – राष्ट्रियसभाको बैठक आज अपराह्न ३ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले “संघीय निजामती सेवा विधेयक, २०८०” सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन् ।

सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२” का सन्देश टेबुल गर्नेछन् भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१” माथि विचार गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, दुई संसदीय समितिको बैठक आजै बस्नेछ । बिहान ११ः३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा “नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२” का सैद्धान्तिक विषयमा छलफल हुने जनाइएको छ । सोही समयमा विधायन व्यवस्थापन समितिको बैठकमा “संघीय निजामती सेवा विधेयक, २०८०” को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।

Facebook Comments Box