आजको कालीमाटी तरकारी बजारमा सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौँ, १३ भदौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (भदौ १३) का लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले निर्धारण गरेको मूल्य अनुसार तरकारी, साग र फलफूलको थोक मूल्य यसप्रकार रहेका छन् ।

तरकारीतर्फ,

  • गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, (भारतीय) रु ८५, सानो (लोकल) रु २५ र सानो (टनेल) रु ३०

  • आलु रातो (स्थानीय) रु ५३, आलु रातो (मुडे) रु ४५, आलु सेतो रु ४०, आलु रातो (भारतीय) रु ३०

  • प्याज (भारतीय) रु ४०

  • गाजर (लोकल) रु १२०, (तराई) रु १००

  • बन्दा (लोकल) रु ४५, काउली (लोकल) रु १००, (तराई) रु ९०

  • मूला रातो रु ५०, सेतो मूला (हाइब्रिड) रु ५०

  • भन्टा लाम्चो रु ४०, भन्टा डल्लो रु ५०

  • बोडी तने रु ६५, मकै बोडी रु ८०

  • घिउ सिमी (लोकल) रु १००, (हाइब्रिड) रु ८०

  • टाटे सिमी रु ९०, भटमास कोसा रु १२०

  • करेला रु ७०, लौका रु ६०, परवर (लोकल/तराई) रु ५०, चिचिण्डो रु ४०, घिरौँला रु ७०, झिगुनी रु ५५

  • फर्सी पाकेको रु ५०, हरियो फर्सी लाम्चो रु ५०, फर्सी डल्लो रु ६०

  • सलगम रु १००, भिण्डी रु ४५

साग तथा अन्यतर्फ,

  • पिँडालु रु ८०, स्कूस रु ३०

  • रायोसाग रु १४०, पालुङ्गो रु १८०, चमसुर रु ३००, तोरीको साग रु ९०

  • हरियो प्याज रु ९०

  • च्याउ (कन्य) रु १७०, च्याउ (डल्ले) रु ४२०, राजा च्याउ रु ३००, सिताके च्याउ रु १०००

  • कुरिलो रु ४००

  • ब्रोकाउली रु ३००, चुकुन्दर रु ७०, सजीवन रु २००, रातो बन्दा रु ३००

  • जिरीको साग रु १००, सेलरी रु ३२०, पार्सले रु १३००, पुदिना रु १०००

  • इमली रु १९०, तामा रु ११०, तोफु रु १२०, गुन्द्रुक रु ३००

फलफूलतर्फ,

  • स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३२०

  • केरा (दर्जन) रु १४५

  • कागती रु १६०, अनार रु ३६०, सुन्तला (भारतीय) रु ३५०

  • तरबुजा हरियो रु ८०, मौसम रु १६०, जुनार रु २५०

  • भुइँकटहर प्रतिगोटा रु १६०, रूखकटहर रु ५०

  • काँक्रो (लोकल) रु ७०, (हाइब्रिड) रु ३०

  • नास्पाती (लोकल) रु १००, (चाइनिज) रु २५०

  • मेवा (नेपाली) रु ६०, (भारतीय) रु १००

  • अम्बा रु २५०, लप्सी रु ६०, किबी रु ४००, आभोकाडो रु ३५०

  • अमला रु १८०

मसला तथा अन्यतर्फ,

  • अदुवा रु १२०

  • खुर्सानी हरियो रु ६०, बुलेट रु ५५, माछे रु ८०, अकबरे रु २३०, भेडे रु ९०

  • सुकेको खुर्सानी रु ४००

  • हरियो धनियाँ रु ३७५

  • लसुन सुकेको (चाइनिज) रु २२०, (नेपाली) रु १६०, हरियो लसुन रु १६०

  • छ्यापी सुकेको रु २००, छ्यापी हरियो रु १३०

  • माछा सुकेको रु १०००, ताजा माछा (रहु) रु ३५०, बचुवा रु २८०, छडी रु २५०

  • रूख टमाटर रु २००

कालीमाटी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूचि दैनिक बजार आपूर्ति र मागअनुसार परिवर्तन हुने जनाएको छ ।

Facebook Comments Box