‘स्क्रब टाइफस’बाट चितवनमा एक महिलाको मृत्यु

चितवन, ७ भदौ

चितवनको बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको स्क्रब टाइफस संक्रमणका कारण मृत्यु भएको छ। उनी उपचारका क्रममा भदौ ४ गतेदेखि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन्।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मृतक महिला छारे रोगबाट पनि पीडित थिइन्। जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाभरि हालसम्म १,५३० जनाको परीक्षणमा ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। संक्रमितमध्ये ५८ जना चितवनका हुन्।

Facebook Comments Box