दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी
काठमाडौँ, ७ भदौ
‘दिव्य पशुपतिनाथ अभियान’ अन्तर्गत आज नेपाल प्रहरीका वरिष्ठ अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ गरिएको छ।
‘क्लाइमेट स्मार्ट सिटिज’सँगको सहकार्यमा गत साउन ६ गतेदेखि हरेक शनिबार सञ्चालन हुँदै आएको अभियानमा यसपटक उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी पनि सहभागी हुनुभयो।
प्रहरी एसएसपी अधिकारीले पशुपतिनाथ विश्वका करोडौँ हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यस क्षेत्र सधैँ सफा राख्नुपर्ने बताउँदै मैनादेवी फाउन्डेसनलाई धन्यवाद दिनुभयो।
आजको सफाइमा नेपाल प्रहरी, क्रिएसन नेपाल र फाउन्डेसनका स्वयंसेवकसहित सयौँ सहभागी थिए। सो क्रममा ८९० किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभयो।
Facebook Comments Box

