काठमाडौँ उपत्यकामा १ हजार १४० जना सहित देशभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २८ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १४० जना सहित देशभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ५९८ आरटी पीसीआर तथा ५ हजार ५८४ एन्टीजेन परिक्षण सहित १५ हजार १८२ जनाको परिक्षण गर्दा ३ हजार ७५० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४ हजार ३९६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ३०५ रहेको छ

Facebook Comments Box