सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

सुनसरी, २५ साउन

लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र रुपमा बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर–४ का उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको थियो। ५६ ढोकामध्ये २८ ढोका खोलिएको छ।

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कन्ट्रोल रुमले रातो बत्ती बालिएको जनाएको छ। हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको उपरीक्षक थापाले बताए। उनका अनुसार केही दिनदेखिको अविरल वर्षाका कारण नदीको जलसतह लगातार बढिरहेको छ।

Facebook Comments Box