आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १८ साउन – सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। बैठक बस्ने समितिमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२” सम्बन्धी विषयमा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीसँग सम्बन्धित जग्गा व्यवस्थापन, हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र आगामी योजनाका बारेमा पनि छलफल हुने समितिको सूचनामा उल्लेख छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ग्यालरी बैठकको पुरातात्विक सम्पदा संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला, तथा स्वयम्भू क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा छलफल हुने कार्यसूची छ। त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको प्रगति र निर्माणाधीन संसद् भवनको वर्तमान अवस्थाबारे पनि छलफल हुने जनाइएको छ।

Facebook Comments Box