सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता
काभ्रेपलाञ्चोक, १७ साउन – तेमाल गाउँपालिका–३ सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशी नदीमा हामफालेपछि बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार शनिबार दिउँसो तेमाल–३ स्थित मलुवा भन्ने स्थानबाट माझीले नदीमा हामफालेका थिए। घटनाको प्रत्यक्षदर्शी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनापछि प्रहरी चौकी पचुवारघाटबाट खटिएको टोली र स्थानीयवासीले बेपत्ता माझीको खोजी जारी राखेको प्रहरीले जनाएको छ। यद्यपि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ।
Facebook Comments Box

