आजको कालीमाटी बजारमा सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौँ, १५ साउन – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (१५ साउन) का लागि सागसब्जी र फलफूल लगायतका कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार स्थानीय, भारतीय तथा टनेल प्रविधिबाट उत्पादित उपजहरूमा मूल्य भिन्नता देखिएको छ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, सानो (लोकल) रु ३०, र टनेलमा उत्पादित सानो गोलभेँडा रु ४० मा कायम गरिएको छ। आलु रातो (नेपाली) रु ४६, भारतीय रु ३० र मुडे आलु रु ४० रहेको छ। भारतीय प्याज रु ३८ मा रहेको छ भने गाजर (लोकल) रु १०० र तराई गाजर रु ९० मा बिक्री भइरहेको छ।

काउली स्थानीय रु ७०, तराईको काउली रु ६०, रातो मूला रु ४५, हाइब्रिड सेतो मूला रु ३५ मा निर्धारण गरिएको छ। भन्टा लाम्चो रु २०, डल्लो भन्टा रु ३५, बोडी तने रु ५० र मकै बोडी रु ६० रहेको छ। त्यसैगरी, घिउ सिमी (लोकल) रु ५०, हाइब्रिड रु ४०, टाटे सिमी रु ५५, भटमास कोसा रु १२०, तीतो करेला रु २०, लौका रु ३०, परबर (लोकल र तराई दुवै) रु ५०, चिचिण्डो रु २५, घिरौँला रु ३०, झिगुनी रु ५०, फर्सी (पाकेको) रु ५०, हरियो फर्सी (लाम्चो) रु २५, डल्लो हरियो फर्सी रु ३५ र सलगम रु ७० मा रहेको छ।

भिण्डी रु ५०, सखरखण्ड रु ८०, पिँडालु रु ७०, स्कूस रु ४०, रायो साग रु ४५, पालुङो रु ५५, तोरी साग रु ५०, हरियो प्याज रु १२०, कन्य च्याउ रु १६०, डल्ले च्याउ रु ४००, कुरिलो रु ३००, निगुरो रु ९० र ब्रोकाउली रु १६० मा कायम गरिएको छ।

स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३५०, केरा (दर्जन) रु १४०, कागती रु १५०, अनार रु ३५०, आँप (माल्दह/दशहरी) रु १८५, चोसा आँप रु १५०, तरबुजा रु ८०, मौसम रु १६०, जुनार रु २५०, भुइँकटहर (गोटा) रु १६०, काँक्रो (लोकल) रु ५०, हाइब्रिड काँक्रो रु १५, नास्पाती (लोकल) रु ६०, चाइनिज नास्पाती रु २४०, मेवा (भारतीय) रु १००, अम्बा रु २५०, लप्सी रु ४५, किवी रु ७०० र आभोकाडो रु ६५० मा निर्धारण गरिएको छ।

अदुवा रु ९०, सुकेको खुर्सानी रु ३८०, हरियो खुर्सानी रु ६०, बुलेट खुर्सानी रु ५०, माछे खुर्सानी रु ५५, अकबरे खुर्सानी रु २००, भेडे खुर्सानी रु ६०, लसुन (हरियो) रु १२०, हरियो धनियाँ रु ४००, सुकेको लसुन (चाइनिज) रु २००, नेपाली लसुन रु १६०, छ्यापी (हरियो) रु २००, सुकेको छ्यापी रु १६०, तोफु रु १२०, गुन्द्रुक रु ३५०, र ताजा माछा (रहु, बचुवा, छडी) क्रमशः रु ३३०, ३०० र २४० मा उपलब्ध छन्। राजा च्याउको थोक मूल्य रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु १००० मा तोकिएको छ।

Facebook Comments Box