आज चार प्रदेशमा हल्का देखि मध्यम वर्षा, तराई–मधेशमा हावाहुरीको सम्भावना

काठमाडौँ, १० साउन – देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर रहँदै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै अवस्थित छ। हाल देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

आज दिउँसो पनि पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

त्यसैगरी, कोशी प्रदेशको तराई तथा मधेशका केही क्षेत्रहरूमा हावाहुरी चल्ने सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा कहिलेकाहीं भारी वर्षा पनि हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई पछिल्लो मौसमी जानकारी सतर्कताका लागि ध्यानमा राख्न महाशाखाले सुझाएको छ।

Facebook Comments Box